दलित सङ्घको महाधिवेशन अनिश्चितकालिन स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दलित सङ्घको महाधिवेशन अनिश्चितकालिन स्थगित


३ चैत्र २०७८, बिहिबार


काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संस्था दलित सङ्घको महाधिवेशन फेरि स्थगित भएको छ ।

चैत ७ देखि ९ सम्म बुटवलमा हुने गरी तय भएको महाधिवेशनलाई रोकिएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको छ।

‘दलित सङ्घको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ । अब स्थानीय तहको निर्वाचन पछि जेठतिर होला की।’ काँग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणले दलित नेता शम्भु हजारा पासवानलाई फोन गरी महाधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए ।

२०७३ सालमा हुनुपर्ने सङ्घको महाधिवेशन हालसम्म सर्दै आएको छ। २०७३ सालमै सबै जिल्लाको अधिवेशन भने सकिसकेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षबाट शम्भु हजारा पासवान, लोकेन्द्र विक, रामकृष्ण लकान्द्री, क्षेत्रसिंह टेलरलगायत सङ्घको अध्यक्षका आकाङ्क्षी थिए। संस्थापन इतरबाट डोबाटे विश्वकर्मा, मुक्त महते, शिव सुनार र कृष्ण बिके रसाइलीले अध्यक्षमा दाबी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस