काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो


३ चैत्र २०७८, बिहिबार


काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ ।

ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको जनाएको छ ।

होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो ।

प्रहरी प्रशासनले सतर्कता अपनाएर होली खेल्न सबैलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस