गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु


३ चैत्र २०७८, बिहिबार


काठमाडौँ । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिक अप गाडीको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ । बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिक पले गए राति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वृन्दावन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षीय हरि कुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख (डिएसपी) श्रीराम भण्डारीले बताएका छन् ।

ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति नै मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

ठक्कर दिने गाडी चालक मौलापुरका सञ्जय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेको डिएसपी भण्डारीले बताएका छन् ।

मृतकका आफन्तहरूले शवहरू हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहापुरबाट गौर जाने गाडीहरूलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस