२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा काँग्रेसले गठबन्धन गर्नुहुन्न : महामन्त्री थापा

अ+ अ-

काभ्रेपलान्चोक । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् ।

उनले पार्टीको बनेपा नगर समितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए ।

‘पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु’, पूर्व मन्त्रीसमेत रहेका थापाले भने । निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उनले दोहोर्‍याए । पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने उनले दाबी गरे ।

उनले भने, ‘मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुँदैन, पाप लाग्छ ।’ निर्वाचनमा काँग्रेस एक्लैले जितेर देखाउनुपर्ने उनको तर्क थियो । महामन्त्री थापाले आउँदो पाँच वर्ष काँग्रेसलाई मत दिन जनतालाई अनुरोध गर्न नेताकार्यकर्तालाई आग्रह गरे।
‘हामीलाई पाँच वर्ष मत दिएर स्थानीय तह र संसदीय निर्वाचनमा जिताउनुस्, हामी यो यो काम गर्छौँ भनेर योजनासहित जनताको जानुपर्छ’, उनले भने ।

आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उनले ठोकुवा गरे । उनले भने, ‘हामीले स्थानीय मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ ।’

सो अवसरमा महामन्त्री थापाले पार्टीको जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई सम्मान गरेका थिए भने अन्य दलबाट काँग्रेसमा नवप्रवेशी करिब २०० लाई क्रियाशील सदस्यता प्रदान गरेका थिए । आयोजकले १४औँ महाधिवेशनमा महामन्त्री थापालगायत केन्द्रीय सदस्यमा निर्वाचितलाई सम्मान गरेको थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य त्रय मधुप्रसाद आचार्य, उर्मिला केसी र गणेश लामा, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, प्रदेश महामन्त्री द्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामा, सचिव माधव ढकाल, प्रतिनिधिसभा क्षेत्रीय सभापति द्वय महेश खरेल र दिनेश लामा, प्रदेशसभा क्षेत्रीय सभापति रामहरि श्रेष्ठलगायतले नवप्रवेशीलाई बधाई एवं शुभकामना ज्ञापन गर्दै पार्टीको ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’मा दत्तचित्त भएर लाग्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस