वडाध्यक्ष र वडा सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वडाध्यक्ष र वडा सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्‍ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडा सचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

घर बाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस बापतको राजस्व रकमको रसिद नकाटी, जथाभाबी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको आरोपमा कुर्मीसहित महानगरका वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्य द्वय रफिक अन्सारी, सञ्जय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध अख्तियारले बुधवार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध १ लाख २ हजार ५८५ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस