बैङ्किङ कसुर मुद्दाका फरार व्यक्ती पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बैङ्किङ कसुर मुद्दाका फरार व्यक्ती पक्राउ


२ चैत्र २०७८, बुधबार


पक्राउ

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा एक जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

काभ्रेको पनौती नगरपालिका–१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका–१२ बस्दै आएका ५६ वर्षीय डल्ले कामीलाई बुधबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैङ्किङ कसुरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र १८ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

कामीले आफ्नो बैङ्क खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

गोकर्णेश्वरमा लुकिछुपी बसिरहेको अवस्थामा कामीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको अपराध महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस