दोहोरो नागरिकता लिएको आरोपमा एक महिला पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दोहोरो नागरिकता लिएको आरोपमा एक महिला पक्राउ


२ चैत्र २०७८, बुधबार


गोरखा । दोहोरो नागरिकता लिएको आरोपमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने २८ वर्षीय पुजा ढकाल पक्राउ परेकी छन् ।

ढकालले जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय गोरखाबाट छुट्टाछुट्टै नागरिकता लिएको पाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले बताएका छन्।

कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भएकी ढकालले २०६७ मङ्सिर ८ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी थिइन् ।

पुन: २०६७ मङ्सिर २८ गते गाइने सार्कीलाई बाबु देखाएर जिल्ला प्रशासन कार्यालय गोरखाबाट पुजा गैरे सार्कीको नाममा दोस्रो नागरिकता लिएको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन गोरखाको पत्राचारपछि ढकाललाई पक्राउ गरेर जिल्ला अदालतमा दोहोरो नागरिकता सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको अधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस