पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । पपुवा न्यूगिनीले आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज विकेट गुमाउँदै २०४ रनको योगफल बनायो ।

पपुवा न्यूगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ८२ बल खेल्दै सात चौकाको मद्दतमा ५९ रनको योगदान दिएका हुन । त्यस्तै चाँद सोपरले ७४ बल खेल्दै दुई चौकासहित ३५ रन जोडे । नर्मन भानुवा १२ बलमा दुई चौका र एक छक्कासहित २३ रनमा रन आउट भए ।

त्यस्तै टोनी उराले २७, लेगा सिकायाले २५ तथा कप्तान असाद भालाले १९ रन जोडे । नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १/१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस