नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज


२ चैत्र २०७८, बुधबार


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।

ओली सरकारले ९ जेठ २०७८ मा नागरिकता अध्यादेश ल्याएको थियो । तर सर्वोच्चले २७ जेठमा अध्यादेश कार्यान्वयनमा रोक लगाएको थियो ।

रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नागरिकता अध्यादेशको कानुनी हैसियत समाप्त भइसकेकाले रिट निवेदन खारेज गरेको बताए ।

सम्बन्धित समाचार : नागरिकता अध्यादेशसम्बन्धी विवाद संवैधानिक इजलासमा

Tags :
प्रतिक्रिया दिनुहोस