विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन ओली जुम्लाको सिँजा जाँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विप्लव समूहका नेता बालकोटमा, पार्टी प्रवेश गराउन ओली जुम्लाको सिँजा जाँदै


२ चैत्र २०७८, बुधबार


काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कर्णाली राज्य समितिका प्रभावशाली नेताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

बालकोट पुगेर कर्णाली राज्य समिति सदस्य तथा जुम्लाका नेता रामप्रसाद शर्मासहित विष्णुभक्त शर्मा विद्यार्थी नेता नेत्रराज धितालले ओलीलाई भेटेका हुन् ।

सो समूहसहित अन्य व्यक्तिहरूलाई पार्टी प्रवेश गराउन एमाले जुम्लाले चैत १७ गते सिञ्जामा आमसभा आयोजना गरेको छ ।

पार्टी प्रवेश गराउन अध्यक्ष ओली आफैँ जुम्ला जाने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस