विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वकप लिग २ मा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै


२ चैत्र २०७८, बुधबार


काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)मा मङ्गलवार देखी सुरु भएको आइसिसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यसअघि नेपालले श्रीलङ्कामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो ।

लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बिचको शृङ्खला ८ गतेसम्म हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस