गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : महामन्त्री शर्मा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : महामन्त्री शर्मा


१ चैत्र २०७८, मंगलबार


खाँदबारी । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उनले बताए ।

नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निर्क्योल गरिने बताए । ‘स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ’, उनले भने । स्थानीय तह निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।

काँग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग सम्बन्ध स्थापित गर्न अभियान सञ्चालन गरिरहेको महामन्त्री शर्माले बताए । चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उनले उल्लेख गरे । काँग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस