सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन बन्द


१ चैत्र २०७८, मंगलबार


लाइसेन्सको अनलाइन आवेदन

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने तयारीमा रहेकाहरु बिलखबन्दमा परेका छन् ।

सोमबार एक सूचना जारी गर्दै १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको थियो ।

आवेदकहरुको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएको भन्दै विभागले सूचना प्रकाशन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस