२६५० अङ्कमा झर्‍यो नेप्से ,कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

२६५० अङ्कमा झर्‍यो नेप्से ,कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से २६५० अङ्कमा झरेको छ । १७.१५ अङ्क घटेर परिसूचक साढे २६ सय अङ्कमा कायम भएको हो । 

कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । कुल ५२ कम्पनीको मूल्य बढ्यो भने १३० को घट्यो । ११ को मूल्य भने स्थिर रह्यो ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको मूल्य ६ प्रतिशत बढ्यो ।

नेपाल टेलिकमको सबैभन्दा बढी ३४ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भयो । सो कम्पनीले पहिलो पटक १ सय कित्ता बराबर २० कित्ता बोनस सेयर घोषणा गरेको छ । साथै २० प्रतिशत नगदसहित कुल ४० प्रतिशत लाभांश घोषणा गरेको छ ।

तर कम्पनीको सेयर मूल्य भने मंगलबार ५.१३ प्रतिशत अर्थात् प्रतिकित्ता ८८ रुपैयाँ घट्यो । पहिले नै सूचना थाहा पाएर मूल्य बढेकाले बोनस सेयर घोषणा भएको दिन बेच्ने सेयर संख्या धेरै हुँदा कम्पनीको मूल्यमा ठूलो गिरावट आएको अनुमान छ ।

कारोबार रकमका आधारमा टेलिकमपछि अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स, पुनर्बीमा कम्पनी र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस