चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई ओलीको आग्रह « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई ओलीको आग्रह


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितिन्न कि भनेर चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

मङ्गलवार (आज) अखिल नेपाल महिला सङ्घको कार्यक्रममा उनले चुनाव जित्न गाह्रो नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘चुनाव जितिन्न है गाह्रो छ भन्नुपर्दैन, केही गाह्रो छैन । यिनीहरू ससाना समूहहरू हुन् । आजको स्थिति भनेको सबै एकातिर हुँदा पनि हाम्रो तौल बढी हुन्छ ।’

अहिले सत्तारुढ दलका जनप्रतिनिधि एमालेमा प्रवेश गरिरहेको ओलीले बताए । उनले भने, ‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन् । त्यस कारण हामी जित्छौँ, निश्चित रूपमा जित्छौँ। यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’

सत्ता गठबन्धनमा रहेका पाँच वटै दलबिच तालमेल भए पनि एमालेले चुनाव जित्ने ओलीले दाबी गरे । उनले भने, ‘एक्ला एक्लै आए त कर्‍याक कुरुक्क पार्छौँ । सबै मिलेर आउँदा पनि कर्‍याक कुरुक्क मर्‍याक मुरुक पार्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस