एकैदिन तोलामा १८०० रुपैयाँले घट्यो सुन « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एकैदिन तोलामा १८०० रुपैयाँले घट्यो सुन


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाली बजारमा एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस