एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ। स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक दिउसो ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उनले बताए । उनकाअनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस