आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । आज चैत १ गते मङ्गलवार देखी सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो।

लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछि सम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ।

अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो। ‘अनलाइन आवेदनहरूको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस