ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासङ्घ बिच क्युआर कोड प्रवर्द्धनका लागि सम्झौता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासङ्घ बिच क्युआर कोड प्रवर्द्धनका लागि सम्झौता


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासङ्घ, नेपाल बिच ग्यास विक्रेता तथा उपभोक्ताहरूलाई ग्यास खरिद तथा विक्री गर्दा क्युआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्यास विक्रेता महासङ्घ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरू स्मार्ट च्वाइस टेक्नोलोजी र फोन -पे सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवर्द्धनकालागि ग्यास विक्रेता महासङ्घ, नेपाल सँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमाविकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवर्द्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न सङ्घ–संस्थासँग सम्झौता गर्दै आएको छ ।

महासङ्घका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासङ्घमा आबद्ध मुलुकभरका २० हजार भन्दा बढी ग्यास विक्रेताहरू
सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८७ शाखा, २५२ एटिएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस