काठमाडौँ । विदेशी नागरिकको नामबाट वाट्सएपमा चिठ्ठा परेको भन्दै एसएमएस गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मण्दनदेउपुर नगरपालिका–४ काभ्रेपलान्चोकका ३८ वर्षीय गान्दिप गौतम छन् । उनले तपाईँलाई ९० लाखको चिठ्ठा पर्यो भन्दै पीडितलाई ठगेको प्रहरीले जनाएको छ ।
गौतमले चिठ्ठामा परेको रकम निकाल्न कर तिर्नुपर्छ भन्दै पीडितहरूबाट २९ लाख ४० हजार रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।
सुरुमा एसएमएस गर्ने र पछि वाट्सएपमै कल गरेर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।