२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा सुरु भयो निर्वाचन लक्षित कार्यक्रम

अ+ अ-

कर्णाली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरुले विभिन्न गतिविधि थालेका छन् । सरकारले मिति घोषणा गरेसँगै दलहरुले प्रदेशदेखि टोलस्तरीयसम्म भेला, प्रशिक्षण, पार्टी प्रवेश लगायतका अभियान सञ्चालन गरिरहेका छन् ।

यतिबेला दलका नेता/कार्यकर्ताले प्रदेश राजधानी सुर्खेतमा मात्र नभई वडा र टोल स्तरसम्म कार्यक्रम केन्द्रित गरिरहेका छन् । नेकपा (एमाले) ले फागुन १४ र १५ गते स्थानीय तह निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गर्‍यो ।

पार्टीका उपाध्यक्ष रामबहादुर थापा, पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालसहितका नेताको उपस्थितिमा वीरेन्द्रनगरमा सम्पन्न उक्त बन्द प्रशिक्षण निर्वाचनमा कसरी जित हासिल गर्ने भन्ने विषयमै केन्द्रित थियो ।

प्रशिक्षणमा सहभागी एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाका अनुसार विगतको चुनावी समीक्षा, आगामी निर्वाचनका लागि गर्नुपर्ने तयारी, पार्टीले तय गर्नुपर्ने एजेन्डालगायतका रणनीतिका विषयमा विज्ञसहित नेताहरुले प्रशिक्षण दिएका थिए ।

प्रदेशस्तरीय प्रशिक्षणपछि अगुवा नेता यतिबेला आ–आफ्नो गाउँ/नगर केन्द्रित अभियानमा संलग्न छन् । प्रचार विभाग प्रमुख तिमिल्सेनाले सुर्खेतका नौ वटै स्थानीय तहका वडा र टोल–टोलसम्म पुगेर भेला, बैठक, प्रशिक्षण लगायतका गतिविधि सञ्चालन भइरहेको बताए।

नेपाली कांगे्रसले पनि आइतबारदेखि देशभर एकैसाथ निर्वाचन अभियान शुभारम्भ गरेको छ । कर्णालीका सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर काँग्रेसले एक महिने अभियान सञ्चालन गरेको हो । केन्द्रीय कार्यक्रम अनुसार यहाँका सबै जिल्लामा यो अभियान सुरु भइसकेको छ ।

केन्द्रीय अभियानका अतिरिक्त काँग्रेसका विभिन्न गाउँ/नगर कमिटी, भ्रातृ सङ्गठनले पनि भेला बैठक, पार्टी प्रवेशलगायतका कार्यक्रम जारी राखेका छन् । काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित घोषणा गरेको अभियान अन्तर्गत आइतबार केन्द्रीय महामन्त्री गगनकुमार थापाको उपस्थितिमा वीरेन्द्रनगरमा प्रशिक्षण सम्पन्न भयो ।

जिल्ला पार्टी सचिव देवकुमार सुवेदीले स्थानीय तह निर्वाचनका लागि सबै खाले तयारीहरु गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिइसकेको बताए।

‘घर घरमा पुगेर काँग्रेस कार्यकर्ताले आफ्नो पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार गर्न, विपक्षी पार्टीले फैलाएका भ्रम निवारण गर्न सबै तहका कमिटीलाई सक्रिय बनाएका छौँ,’ वीरेन्द्रनगरका नगर प्रमुखसमेत रहेका सुवेदीले भने, ‘मुलुकका लागि काँग्रेस किन आवश्यक छ ? हामीले के काम गर्‍यौँ ? भनेर जनतालाई बुझाउने कोसिस गर्छौँ ।’

नेकपा (माओवादी केन्द्र) ले पनि स्थानीय तह निर्वाचनको तयारी थालेको छ । माओवादी केन्द्रले शुक्रबार वीरेन्द्रनगरमा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न गर्‍यो ।

यसअघि अधुरो रहेको पार्टीको प्रदेश कमिटीलाई पूर्णता दिनुका साथै प्रशिक्षण मुख्य गरी आसन्न स्थानीय तह निर्वाचन लक्षित नै थियो । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि निर्वाचन लक्षित आफ्ना गतिविधि बढाउँदै गएको छ ।

वडा तहसम्म पार्टी कमिटी निर्माण, भ्रातृ सङ्गठनको कमिटी गठनमा सो पार्टीले जोड दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताको उपस्थितिमा शनिबार वीरेन्द्रनगरमा सभा सम्पन्न गर्‍यो ।

पार्टीका केन्द्रीय सदस्य सन्तोषी सिंह ठकुरीले गणतन्त्रवादी दलहरुबाट भएका विसङ्गतिपूर्ण क्रियाकलापको भण्डाफोर गर्दै हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापनालाई मुख्य एजेन्डा बनाएर जनतामाझ जान केन्द्रीय नेतृत्वले निर्देशन दिएको बताइन् ।

सभालाई केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्तीकुमारी शाही लगायतका नेताले सम्बोधन गरेका थिए । यसैबीच, स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुको चर्चा सुरु हुन थालेको छ । कतिपय नेताले सामाजिक सञ्जालमार्फत प्रचार गर्न थालिसकेका छन् ।

विशेष गरी प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा जित हासिलका लागि दलहरुले आफ्नो सक्रियता तीव्र पार्नुका साथै सम्भावित आकाङ्क्षीबारे चर्चा चलाइएको छ ।

स्थानीय तह जितेमा स्रोतसाधनको अधिकतम परिचालन गर्न सकिने र राष्ट्रियसभा निर्वाचनमा पनि मद्दत पुग्ने भएकाले दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । कर्णालीमा ७९ स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस