आजको मौसम « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आजको मौसम


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम सामान्यतया सफा रहेको छ।

सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागको एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मङ्गलवार भने देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यता बुधवार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन ÷ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस