टोल टोलमा सङ्गठन विस्तार गरौँ : महासचिव पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टोल टोलमा सङ्गठन विस्तार गरौँ : महासचिव पोखरेल


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरलेले सङ्गठनको सामर्थ्य निर्माणका लागि टोल टोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी प्रशिक्षणमा उनले नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका सबै शक्ति एमालेमा रहेकाले आगामी निर्वाचन बलियो शक्तिका रूपमा उदाउने दाबी गरे ।

महासचिव पोखरेलले भने, ‘पार्टी विभाजनको मुख्य एजेन्डा एक व्यक्ति, एक पद र एमसीसी रहेकामा आज ती दुवै एजेन्डा सत्ता गठबन्धनमा सामेल पार्टीका नेतृत्वबाटै कति पालना भयो, भएन भन्ने देखिसकिएको छ ।’

आगामी निर्वाचनका माध्यमबाट पार्टीको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै उनले नेपालको संसदीय प्रणालीमा दलीय अनुशासन उल्लङ्घन गर्ने कार्यबाट राजनीति दिशाविहीन बन्न राजनीतिक निर्वाचनका माध्यमबाट ठिक मार्गमा ल्याइने बताए ।

आकाश, जमिन र समुद्रमा पनि नेपालको अधिकार स्थापितका लागि ओली नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरेको दाबी गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस