वीरगञ्जका मेयरले गरे एमाले प्रवेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्जका मेयरले गरे एमाले प्रवेश


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौंँ । वीरगञ्ज नगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिवार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टीका नेता थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस