भन्सार एजेन्टको लिखित परीक्षा स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो ।

विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ ।

भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस