भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा : कमल थापा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा : कमल थापा


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज (शुक्रबार) एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै राजनीति सङ्कटको चक्रव्यूहमा फसेर सरकार प्रभाविहीन बनेको जिकिर गरेका हुन् । देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको थापाको भनाइ छ ।

अध्यक्ष थापाले राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभई संसदीय निर्वाचन रहेको भन्दै आगामी निर्वाचनपछि पार्टीलाई राष्ट्रियको मान्यता दिलाउने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस