सिरहाका तत्कालीन गाविस सचिव केशव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिरहाका तत्कालीन गाविस सचिव केशव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरेसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस