अमेरिकाबाट बिजुलीको तारमा सेना नेपाल आउँदैन : गृहमन्त्री खाँण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिकाबाट बिजुलीको तारमा सेना नेपाल आउँदैन : गृहमन्त्री खाँण


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट बिजुलीको तारमा सेना नेपाल नआउने बताएका छन् ।

गृहमन्त्री खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)पास हुँदैमा अमेरिकाबाट बिजुलीको तारमा सेना नेपाल नआउने बरु बिजुलीको तारमा सेना नभएर बिजुली नै आउने टिप्पणी गरेका हुन् ।

आज (शुक्रबार) काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसीसी कुनै सैनिक राजनीतिक र प्रशासनिक सम्झौता नभएर विकास साझेदारीको लागि भएको बताए । उनले अमेरिकी सेना नेपाल आउने भ्रमबाट मुक्त हुन आग्रह गरे ।

एमसीसी प्रस्तावको विषयमा आर्थिक जगतले सकारात्मक रुपमा लिनु राम्रो भएको उल्लेख गरे । मन्त्री खाँणले नेपालको गरिबी निवारण, नेपालमा आर्थिक गतिविधि बढाउन, भौतिक पूर्वाधार निर्माणमा तीव्रता ल्याउने तथा सडक विस्तार, विद्युतको ट्रान्समिसन लाइन तानेर जनताको घर दैलोमा पुर्‍याउन, बढी भएका विद्युतलाई छिमेकी मुलुकमा पुर्‍याएर बिक्री गरी मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन एमसीसीले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

गृहमन्त्री खाँणले नेपालमा ठुला आयोजनाहरु लगानी ल्याउँदा विरोध गर्ने प्रचलन बढेको बताए ।

त्यस्तै, मुलुकभरका पुल तथा सडक निर्माण गर्न नेपाली निर्माण कम्पनी सक्षम रहेको भन्दै गृहमन्त्री खाँणले त्यसको लागि विदेशी निर्माण कम्पनी आवश्यक नभएको बताए । उनले अब नेपाली निर्माण कम्पनीले १ अर्बदेखि ३ अर्ब सम्मका विकास आयोजनाको ठेक्का पाउने व्यवस्था नियमावली बनाएको बताए ।

मन्त्री खाँणले निर्माण व्यवसायीहरुले ३ अर्ब रुपैयाँको सदुपयोग गरेर आयोजना समयमा नै निर्माण सम्पन्न गरे रकम वृद्धि गर्ने योजनामा सरकार रहेको उल्लेख गरे । त्री यादवले निर्माण कम्पनीको कारणले नै सरकारले धरै पुँजी लगानी गरे पनि भने जस्तो काम गर्न नसकिएको उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस