प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसदमा छलफल हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि संसदमा छलफल हुने


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । संसदमा आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि आइतबारदेखि छलफल अघि बढ्ने भएको छ ।

फागुन २९ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने भएका छन् ।

आइतबारको बैठकको सम्भावित दैनिक कार्यसूचीमा पनि महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।

जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, काँग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीन वटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

प्रतिनिधिसभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्‌मा अवरोध गरिरहेको एमाले पनि सहभागी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस