नेपालका पाँच युवा क्रिकेटरले भारतमा दुई साता प्रशिक्षण लिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालका पाँच युवा क्रिकेटरले भारतमा दुई साता प्रशिक्षण लिने


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेपालका पाँच जना युवा क्रिकेटरले भारतमा प्रशिक्षण लिने भएका छन्। दुई साताको हाइ पर्फमेन्स क्याम्पमा सहभागी हुन नेपालका पाँच क्रिकेटर जाने भएका हुन्।

खेलाडी विकास कार्यक्रमअन्तर्गत हुने क्याम्प बेंग्लोरमा हुनेछ। जहाँ ब्याट्सम्यान लोकेश बहादुर बम, तीव्र गतिका बलर गुल्शनकुमार झा, अलराउन्डर कुशल मल्ल, ब्याट्सम्यान देव खनाल र अलराउन्डर मोहम्मद आदिल अलाम रहेका छन्।

पाँचै जना क्रिकेटर आज राति भारततर्फ जाने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस