उड्न तयार सौर्य एयरको जहाजमा प्राविधिक समस्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उड्न तयार सौर्य एयरको जहाजमा प्राविधिक समस्या


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । यात्रु चढाएर ट्याक्सी वेसम्म आइपुगेको सौर्य एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि पुनः पार्किङमा फर्काइएको छ ।

काठमाडौंबाट विराटनगरका लागि उड्ने तयारी गर्दा गर्दै जहाजमा प्राविधिक समस्या पहिचान भएपछि जहाज पार्किङ क्षेत्रमै फर्काएर यात्रुलाई झारिएको विमानस्थल व्यवस्थापनका एक अधिकारीले जानकारी दिए ।

जहाज नउड्दै समस्या पहिचान भएका कारण समस्या भएन,’ उनले भने जहाज पार्किङ क्षेत्रमा फर्काइएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरु भने आक्रोशित बनेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस