ताप्लेजुङमा आगलागी : एक महिलाको मृत्यु, एक घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ताप्लेजुङमा आगलागी : एक महिलाको मृत्यु, एक घाइते


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।

रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ बर्सिया चुलीमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ बर्सिया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ ।

ताप्लेजुङ प्रहरी प्रमुख बाल नरसिंह राणाका अनुसार चुलीमाया ग्यास सिलिण्डिर पड्किएर घाइते भएकी थिइन् । ‘उहाँ दमको रोगी पनि हुनुहुँदो रहेछ । प्रहरी टोलीले उद्धार गरेर अस्पतालमा लगेको थियो । उपचारको क्रममा मृत्यु भयो,’ राणाले भने ।

आज बिहान करिब ८ः२५ बजेतिर जस्ताले छाएको दुई तले घरमा आगो लागेको थियो । सो घर क्षतिग्रस्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस