वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

आज बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् र एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

आज पशुपति, हनुमान ढोका दरबारको सुन्दरी चोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

यस वर्षको होली पर्वको मुख्य दिन चैत ३ र ४ गते परेको छ । ३ गते हिमाली तथा पहाडी जिल्लामा र ४ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस