एमसीसी देशको हित अनुकुल भएकाले नै वकालत गरेका हौँ : प्रकाशमान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एमसीसी देशको हित अनुकुल भएकाले नै वकालत गरेका हौँ : प्रकाशमान


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एमसीसी देशको हित अनुकुल भएकाले काँग्रेसले वकालत गरेको बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका–३१ को शंखमुलमा बुधबार भएको कार्यक्रममा बोल्ने क्रममा सिंहले भने, ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हो। नेपालको आवश्यकता अनुसारको सहयोग गरियोजना हो ।’

सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्ने कांग्रेसको प्रवृत्ति नभएको उनले बताए ।

राष्ट्रघाती भए संघीय संसदबाट पास गर्न नसकिने उनको जिकिर छ। उनले भने, ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे । नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस