१४ अर्ब ३० करोड बुझायो निगमले आईओसीलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

१४ अर्ब ३० करोड बुझायो निगमले आईओसीलाई


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ ।

इन्धन बिक्री गरेबापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिर करण कोषबाट झिकेर मङ्गलवार आईओसीलाई बुझाएको हो ।

निगमले हरेक अङ्ग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ । कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा अबका दिनमा आपूर्तिमा चुनौती थपिएको निगमले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस