फूल जस्ती नारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फूल जस्ती नारी


२४ फाल्गुन २०७८, मंगलबार


फूल जस्तै बनी दिन्छौ गोदावरी माला
आगो जस्तै ऊर्जाशील बनी फाल्छौ ज्वाला
गृहस्थीको गौरव हौ पूर्ण चन्द्र तारा
सन्तानका रक्षक हौ मातृत्वको धारा
फूल जस्तै ………
हात-पाउ घोटी घोटी कर्तव्यमा लाग्छौ
समाजको विसङ्गति बढारेर फाल्छौ
सिमलको भुवा जस्तै सुकोमल बनी
नम्रताको बोली बोल्छौ सद्भाव छरी
फूल जस्तै ……….
माता लक्ष्मी सरस्वती अनेक छन् नाम
प्रकृति झैँ विवेकी छौ दिन्छौ सबै दान
ज्ञान बुद्धि प्रेम- भाव सत्कर्मको घर
नारी तिमी सर्वज्ञ हौ संसारको भर
फूल जस्तै ………..

प्रतिक्रिया दिनुहोस