२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियार प्रवक्ताद्वारा पत्रकारसँग भेटघाट 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने हुने बताएका छन् ।

आयोगद्वारा सोमबार केन्द्रीय कार्यालय टंगालमा आयोजित पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता भण्डारीले सबैको साझा प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण सम्भव हुने भन्दै त्यसमा सञ्चारकर्मीको भूमिका अझ बढी महत्त्वपूर्ण रहने उल्लेख गरेका हुन् ।

आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले प्रवक्ता र सञ्चारकर्मीबिचको भेटघाटले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धन गर्ने सन्दर्भमा सघाउन पुर्‍याउने बताए ।

आयोगका गतिबिधिहरुलाई सञ्चारको माध्यमबाट आम नागरिकहरूमा पुर्‍याउन सञ्चार माध्यमहरुहरुले खेल्दै आएको महत्त्वपूर्ण भूमिकाप्रति आभार व्यक्त गर्दै सूचना अधिकारी भण्डारीले कतिपय घटनाहरू छानबिनकै क्रममा रहेको अवस्थामा तत्काल सार्वजनिक गर्न नसकिने कानुनी प्रावधानहरूलाई पनि सञ्चारकर्मीहरूलाई सोही अनुसार बुझिदिनु पर्ने बताए ।

भेटघाट कार्यक्रम सूचना अधिकारी भण्डारीले आयोगबाट आर्थिक वर्ष ०७८–०८९ को पहिलो ६ महिनामा ८ हजार ७० उजुरी प्राप्त भएको जानकारी दिएका छन् । जसमा आठ हजार ९३ अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर प्राप्त उजुरीसहित १६ हजार एक सय ६३ उजुरी रहेको सह प्रवक्ता भण्डारीले बताए ।

यसैगरी सात हजार पाँच सय २० उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् भने जसमध्ये २२५ उजुरीमाथि विस्तृत छानबिन हुनुका साथै २०९८ उजुरी तामेली गरिएको र एक सय ५६ उजुरी सुझाव दिएर तामेली गर्ने तथा बाँकी ५ हजार ४१ उजुरी कानुन बमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने निर्णय भएको पनि आयोगले जनाएको छ ।

६ महिनाको प्रारम्भिक तथ्याङ्क विश्लेषणका क्रममा करिब ३३ प्रतिशत उजुरी स्थानीय तहको रहेको आयोगको भनाई छ ।

प्रतिक्रिया दिनुहोस