नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल–भारत सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल–भारतबिचको सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ ।

सन् २०१७ मार्चमा नेपाल र भारतबिच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो भर्चुअल बैठक आज सम्पन्न भएको हो ।

बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल र भारतका तर्फबाट पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सहसचिव इशा श्रीवास्तवले वार्ता टोलीको नेतृत्व गरेका थिए ।

बैठकमा नेपालका तर्फबाट अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालयका प्रतिनिधिका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसहित नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसन लिमिटेडका उच्च पदस्थ पदाधिकारीको सहभागिता रहेको आपूर्ति मन्त्रालयका सह प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

बैठकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति, अमलेखगञ्च–चितवन र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सुरक्षा व्यवस्थालगायत नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबिच पेट्रोलियम पदार्थ आपूर्तिसम्बन्धी सम्झौताको नवीकरणका विषयमा छलफल भएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस