माओवादी केन्द्रीय समितिमा ५० जनाको नाम मात्रै पारित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

माओवादी केन्द्रीय समितिमा ५० जनाको नाम मात्रै पारित


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई मनोनित गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम मात्रै केन्द्रीय समिति बैठकबाट पारित भएको छ ।

काठमाडौँमा जारी केन्द्रीय समितिको सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यो सूचीमा दाहालकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत थिए ।

केन्द्रीय समिति सदस्यहरूले दाहाल र आचार्यलगायत ४७ जनालाई कुन आधारमा केन्द्रीय सदस्यमा मनोनित गर्न खोजेको भन्ने प्रश्न गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनीहरूको विरोध भएपछि ५० जनाको नाम मात्रै पारित भएको हो । जसमा महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनित भएका छन् ।

५० जना मनोनित भएसँगै माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस