काठमाडौँ । स्थानीय तहको निर्वाचनको मतपत्रमा दलहरूको चुनाव चिह्न हरियो रङको हुने भएको छ ।
निर्वाचन आयोगले मतपत्रमा प्रयोग हुने चुनाव चिह्नको रङ टुङ्गो लगाएको हो । २०७४ को चुनावमा सेतो कागजमा निलो रङको चिह्न थियो ।
यस पटक हरियो रङको चुनाव चिह्न हुनेछ भने स्वस्तिक छापको रङ निलो नै हुनेछ ।