छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । अर्घाखाँचीमा १५ बर्सिया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ बर्सिया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।

ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटक–पटक जबरजस्ती करणी गरी गर्भपतन समेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस