निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड : भीम रावल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड : भीम रावल


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका हुन् । उनले संसद् अवरोध गर्नु गैर जिम्मेवार काम भएको टिप्पणी गरे ।

उनले भने, ‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैर जिम्मेवार काम हो । किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, जनताको जीविका जस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद् भनेको देशमा उत्पन्न समस्याहरूको निकास दिने महत्त्वपूर्ण थलो हो ।’

सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशङ्का व्यक्त गरे ।

उनले भने, देशको कार्यपालिका, व्यवस्थापिका संसद्, न्यायपालिका सारा अलपत्र गर्ने काम जुन गरिएको छ यो मलाई लाग्छ नेपाल राष्ट्रलाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराख्या छैन भन्ने कहिलेकाहीँ मनमा शङ्का लाग्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस