आइतबारको प्रतिनिधिसभा बैठकले महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आइतबारको प्रतिनिधिसभा बैठकले महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने भएको छ । समिति ११ सदस्यीय हुनेछ ।

बानेश्वरमा आज (आइतबार) बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन् ।

दलहरुसँग नाम लिने र दलहरुको सिफारिसबाट आएको नाम समितिमा राख्ने । यो समितिले छुट्टै कार्यविधि बनाउने छ । त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ, संसद् सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस