दमौलीमा आगलागी, काठमाडौँबाट हेलिकप्टर पठाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दमौलीमा आगलागी, काठमाडौँबाट हेलिकप्टर पठाइयो


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ। तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली चोकमा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगो नियन्त्रणका लागी काठमाडौँबाट हेलिकप्टर पठाइएको छ ।

जमिनबाट आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयका एक जना अधिकृतले बताए ।

यसअघि पनि ठुला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो । बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस