युद्धविराम घोषणापछि पनि युक्रेनमाथि रुसी हमला जारी, मारिओपोलमा गोलाबारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

युद्धविराम घोषणापछि पनि युक्रेनमाथि रुसी हमला जारी, मारिओपोलमा गोलाबारी


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरू सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो ।

रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् ।

‘आवासीय ब्लकहरूमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरू खसाली रहेका छन् ’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस