जनताको भरोसालाई टुट्न दिने छैन : श्रममन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनताको भरोसालाई टुट्न दिने छैन : श्रममन्त्री श्रेष्ठ


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन् ।

नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए।

“नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा, कोही नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् । आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ ।”उनले भने

श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उनले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताए । “ जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु । मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु ।”

 

Tags :
प्रतिक्रिया दिनुहोस