सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु, आफन्तद्वारा टायर बालेर विरोध प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु, आफन्तद्वारा टायर बालेर विरोध प्रदर्शन


२१ फाल्गुन २०७८, शनिबार


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु भएको छ । उनको मृत्यु भएसँगै आफन्त र स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइपछि कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिवार बिहान सुर्खेत अस्पतालमा मृत्यु भएको हो ।

उनको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगडी चोकमा प्रदर्शन गरेका छन् । उनीहरूले सवारी साधनमा रोक लगाइ चोकमा टायरसमेत बालेका छन् ।

उनी नेपालगन्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जाँदै गर्दा वीरेन्द्रनगरस्थित सुब्बा कुना प्रहरी चेकपोस्टमा सामान बढी हालेको विषयमा प्रहरीसँग वादविवाद भएको बताइएको छ ।

विवादकै क्रममा प्रहरीले कुटेको मृतकका आफन्तले बताएका छन् । प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको र शरीरमा नीलडाम जताततै भएको आफन्तको आरोप छ । उनको शव सुर्खेत अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस