व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटाएको छ : श्रम मन्त्री श्रेष्ठ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटाएको छ : श्रम मन्त्री श्रेष्ठ


२१ फाल्गुन २०७८, शनिबार


दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटेको बताएका छन् ।

तनहुँको भानु नगरपालिका–३ तुरतुरेमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसीसीका बारेमा जनतामाझ रहेको भ्रम व्याख्यात्मक घोषणाले हटाएको बताएका हुन् ।

यथास्थितिमा एमसीसी संसद्बाट पारित गर्न नहुने पक्षमा नेकपा (एकीकृत समाजवादी) रहे पनि व्याख्यात्मक घोषणासहित पारित भएको विषयलाई अमेरिकाले पनि स्वीकार गरिसकेको बताए ।

विकासका लागि एमसीसी आवश्यक रहेको भन्दै श्रेष्ठले भने, ‘यो नेपालको हितमा छ, नेपालको विकासमा यसको समुचित प्रयोग गर्नुपर्छ ।’

जनताको सेवा र विकासका लागि नेकपा (एकीकृत समाजवादी) सदैव प्रतिबद्ध रहेको भन्दै श्रेष्ठले विकासको नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा व्यक्त गरे ।

‘हामीले राजनीति गरेको जनताका लागि हो, विकासका लागि हो, त्यसका लागि हामी सधैँ क्रियाशील रहन्छौँ’, उनले भने । जिल्लाको विकासका लागि आफू अहोरात्र खटिए पनि केही विरोधीले आफ्नो नामसमेत लिन नचाहेको भन्दै श्रेष्ठले भने, ‘विकास सबैका लागि हो, मैले गरेको कामको जस मलाई नदिए पनि म सन्तुष्ट नै हुन्छु ।’

मन्त्री श्रेष्ठले एमसीसीका विषयमा एमालेले दोहोरो भूमिका देखाएको आरोप लगाए । ‘एमसीसी गलत छ भनेर विपक्षमा मत दिएको भए पनि हुन्थ्यो, तर एमालेले कुनै भूमिका निभाएन’, मन्त्री श्रेष्ठले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस