चमेराहरू चुनावमा काङ्ग्रेसरूपी हात्तीको कानमा ओत लाग्न खोज्दै छन् : धनराज गुरुङ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चमेराहरू चुनावमा काङ्ग्रेसरूपी हात्तीको कानमा ओत लाग्न खोज्दै छन् : धनराज गुरुङ


२१ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा काँग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै काङ्ग्रेसरूपी हात्तीको ठुलो कान देखेर केही चमेराहरू ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले काङ्ग्रेसरूपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरूबाट काँग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए ।

काँग्रेस निकट निजामती कर्मचारी युनियनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उपसभापति गुरुङले २०७९ साल चुनावी वर्ष रहेको र काङ्ग्रेसरूपी हात्ती चुनावी मैदानमा लम्किन थालेपछि बानेश्वरमा केही दिन कुकुरहरू भुके पनि एमसीसी पास गरेरै छाडेको बताए ।

सभापति तथा प्रधानमन्त्री देउवा समेत सहभागी कार्यक्रममा गुरुङले भने,’ दुईचार दिन मात्र अगाडि काङ्ग्रेसरूपी हात्ती लम्किएर बानेश्वर पुग्दै गर्दा केही कुकरहरू भुक्ने काम पनि भए तर एमसीसी पास भयो । २०७९ साल निर्वाचन वर्ष हो । कलेक्सन इयर हो । त्यसैले काङ्ग्रेसरूपी हात्ती अब चुनावको मैदानमा लम्किन थालेको छ । काँग्रेस चुनावको मैदानमा लम्किँदै गर्दा हात्तीको ठुलो कान देखेर चमेराहरू हात्तीको कानमा ओत लाउन खोज्दै छन् । हात्तीको कानमा ओत लाग्ने चमेराको भरोसा हुँदैन । चमेराले हात्तीलाई केही सहयोग गर्दैन बरु हात्तीको कान दुर्गन्धित बनाउँछन् । त्यसैले जनताबिच काँग्रेस एक्लै जान्छ आफ्नो रोडम्यापमा ।’

गुरुङ प्रचण्ड–माधवले गरेको चुनावी गठबन्धनको विपक्षमा बोल्दै आएका नेता हुन् । गुरुङ लगत्तै बोलेका सभापति देउवाले भने यसबारेमा कुनै जवाफ नदिएको जनाईएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस