२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस जिल्ला अधिवेशन : कतै निर्वाचन, कतै अन्योल

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । पदाधिकारीमा क्षेत्रीको प्यानल नै निर्वाचित भएको हो । संस्थापन इतरका श्याम पटेललाई पराजित गर्दै क्षत्री विजयी भएका हुन् ।

सात पदाधिकारीसहित ६८ सदस्यीय जिल्ला कार्य समितिका लागि क्षत्री र पटेलले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । नेता क्षत्री प्रतिद्वन्द्वी पटेलभन्दा ४ सय ६५ मत बढी ल्याएर निर्वाचित भएका छन् । क्षत्रीले १ हजार १ सय १० मत पाए भने पटेलले ६ सय ४५ मत पाए । जिल्ला विकास समितिका पूर्वसभापति क्षत्री देउवा समूह र पटेल कोइराला समूहबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेस पर्सा निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपसभापतिमा राम नारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका छन् । कुर्मीले १ हजार २ सय ३५ र गुप्ताले १ हजार १ सय २ मत प्राप्त गरे । सचिवमा इम्तियाज आलम १ हजार १ सय ८७ र दिनेशकुमार चौधरी १ हजार १ सय ५९ मत ल्याएर विजयी भए । सहसचिवमा नवीन सिंह १ हजार २ सय ५३ र मदन राउत अहिर १ हजार १ सय ११ मत ल्याएर निर्वाचित भए । वीरगन्जस्थित बाल मन्दिर परिसरमा भएको मतदानमा १ हजार ७ सय ७९ जनाले भाग लिएका थिए ।

पर्सा जिल्ला सभापतिमा विजयी जनार्दन सिंह क्षत्री

यता, केन्द्रले कांग्रेस जिल्ला कार्यसमिति सिरहाको निर्वाचन शुक्रबारलाई तोके पनि निर्वाचन समितिले चुनावी प्रक्रिया अघि नबढाउँदा निर्वाचन हुने कि नहुने भन्नेमा अन्योलमा परेको छ । पटक पटक निर्वाचन मिति सर्दै आएपछि केन्द्रीय कार्यसमितिले शुक्रबार मिति तोकेको थियो । तर अधिवेशन स्थलको विषयमा विवादसँगै निर्वाचनमा अन्योल देखिएको हो ।

निर्वाचन समितिले जिल्लामा पालिका, प्रदेश, क्षेत्रीय र जिल्लाको अधिवेशन गराउन सदरमुकाम सिरहाको जिल्ला समन्वय समितिको गेस्ट हाउसमा निर्वाचन कार्यालय खोलेको थियो । त्यही कार्यालयबाट पालिका, प्रदेश, क्षेत्रीय समितिको अधिवेशन गराइएको थियो । जिल्लाको निर्वाचन मिति शुक्रबार तोकिए पनि समितिले प्रक्रिया अघि नबढाएको क्षेत्रीय प्रतिनिधि राजकुमार राउत कुर्मीले बताए ।

उनका अनुसार पछिल्लो समय जिल्ला अधिवेशन गराउन आएका निर्वाचन अधिकृत सञ्जीव लामा कार्यालयमा समेत पुगेका छैनन् । बरु होटेलमै बसेर उनले छलफल चलाउने गरेको आरोप राउतको छ । ‘फागुन २० गते निर्वाचन मिति तोकिएपछि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता प्रक्रिया सुरु गर्नुपर्ने हो,’ उनले भने, ‘तर ती प्रक्रियाका लागि सूचना समेत निकालेका छैनन् ।’

जिल्ला सभापति रामचन्द्र यादवका अनुसार जिल्ला कार्य समितिको निर्णय गरी गोल बजार निर्वाचन स्थल तय भए पनि केही साथीले विमति जनाएपछि निर्वाचन प्रक्रियामा बाधा पुगेको छ । कांग्रेस जिल्ला कार्य समितिका सचिव पञ्चलाल महतोले जिल्ला सभापति यादवले बैठकमा आफ्नो पक्षका नेतालाई मात्रै बोलाएर निर्णय गरेको र आफूलगायत १२ जना जिल्ला सदस्यलाई नबोलाई बल मिचाई गरेको आरोप लगाए ।

निर्वाचन अधिकृत लामाले सिरहाको विवादको विषयमा केन्द्रीय निर्वाचन समितिलाई लेखेर पठाएको र त्यहाँबाट निर्देशन आएअनुसार काम अघि बढाउने प्रतिक्रिया दिए । सिरहामा सभापतिका लागि राम सुन्दर चौधरी र रामचन्द्र यादवले प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् ।

गोली चलेको वडामा सर्वसम्मत

दुई पक्षबिचको विवादले उग्र रूप लिएपछि गोली नै चलेर रोकिएको सर्लाही कांग्रेसको दुई वटा वडामा बिहीबार सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई पक्षबिच भागबन्डा मिलेपछि नेतृत्व चयन भएको हो ।

विवादले सर्लाहीको क्षेत्र नम्बर ४ स्थित बलरा नगरपालिका–८ गडिया र ९ अचलगढमा कांग्रेसको वडा अधिवेशन हुन सकेको थिएन । यी दुई स्थानमा मङ्सिर १२ र १३ को वडा अधिवेशन गराउन खोज्दा गोली नै चलेको थियो । झडपमा परेर मतदान अधिकृत, सुरक्षाकर्मी र पार्टीका केही कार्यकर्ता घाइते भएका थिए । नेतृत्व चयन नहुँदा यी दुई वडाका प्रतिनिधि केन्द्र र प्रदेशमा समेत सहभागी हुन पाएनन् ।

जिल्ला नेतृत्व चयनको मिति केन्द्रबाट तोकिए पनि दुई वडाको विवादले जिल्ला अधिवेशन प्रभावित भइरहेका बेला दुवै पक्ष मिलेर विवाद मिलाएका हुन् । यसका लागि संस्थापन पक्षबाट प्रदेश मन्त्री रहेका वीरेन्द्र सिंह र कोइराला पक्षका नेता कौशल किशोर रायले नेतृत्व लिएका थिए । शुक्रबारका लागि तोकिएको वडा अधिवेशनअन्तर्गत बिहीबार मनोनयन गर्ने अन्तिम समयमा सहमति जुटेको इतर पक्षका नेता रायले बताए । बलरा–८ गडहियामा इतर पक्षका छितनु साह वडा सभापतिमा चयन भएका छन् । सभापति सहित १२ जना क्षेत्रीय प्रतिनिधि इतर पक्षले पाएका छन् । ५ क्षेत्रीय प्रतिनिधि संस्थापन पक्षले हात पारेका छन् ।

यस्तै बलरा–९ अचलगढमा पनि इतर पक्षका प्रमोद चौधरी वडा सभापतिमा चुनिएका छन् । चौधरीसहित ८ क्षेत्रीय प्रतिनिधि इतर पक्षले लिएका छन् भने संस्थापन पक्षको हातमा ९ क्षेत्रीय प्रतिनिधि लिएर सहमति भएको इतर पक्षका नेता रायले जानकारी दिए ।

बुधवार लाल बन्दीमा सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरीको रोहबरमा संस्थापन पक्ष र इतर पक्षले २३ मा जिल्ला अधिवेशन र ३० मा पालिकाको अधिवेशन गराउने सहमति गरेका थिए ।

जिल्लाको नेतृत्वका लागि इतर पक्षबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले दाबेदारी प्रस्तुत गरिरहेका छन् । संस्थापन पक्षबाट जिल्ला नेतृत्वका लागि तयारी गरिरहेका वर्तमान सभापति नागेन्द्रकुमार राय क्षेत्रीय प्रतिनिधिमा हार बेहोरेपछि उनको स्थानमा वर्तमान उपसभापति सुरेन्द्रप्रसाद सिंहले तयारी थालेका छन् । उनी दुई पटक जिल्लाको उपसभापति भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस